मनमाेहन ठकुल्ला सिलगढी,समाचार प्रकाशन प्रसारण गर्नु पुर्व प्रहरी बाट लिनु पर्ने सूचना माग गर्दा डोटी प्रहरीले सूचना दिन आनाकानी गर्ने गरेको छ ।
नेपालको संविधान २०७२ को धारा २७ ले सूचनाको हक सम्वन्धी व्यवस्था गरेको छ । उक्त हक अनुसार सरकारले सुचना सम्वन्धी हक सम्बन्धी ऐन २०६४ र सूचनाको हक सम्वन्धी नियमावली २०६५ जारी गरि लागु गरेको छ । ऐनको दफा ३ ले सार्वजनिक महत्वको सूचना हरेक नागरिकले पाउन सक्ने व्यवस्था गरेको छ भने दफा ४ ले नागरिकको सूचनाको हकको सम्मान गर्नु पर्ने, सूचना दिनु सार्वजनिक निकायको दायित्व हुने भनी व्यवस्था गरेको छ । तर डोटी प्रहरी संग कतिपय अबस्थामा सूचना माग गर्दा सूचना माग गर्ने व्यक्तिलाई सुचना दिनुको साटो झर्कने वहाना गराउने गरेको पाईएको हो ।
घटना नम्वर १
कार्तिक ८ गते डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नं. ८ नारीदाङमा प्रहरीले आफ्नै छिमेकीलाई कुटपिट गरि टाउकोमा गम्भीर चोट पुराएको भन्ने सूचना पिडित पक्षबाट आयो हामीले उक्त सूचनाका आधारमा घटनाको सत्यतथ्य बुझ्नका लागी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक सिताराम विष्टलाई फोन सम्पर्क गर्यौ । विष्टले पहिले आफुलाई घटनाका बारेमा जानकारी नभएको बताए । हामीले हाम्रो स्रोत वलियो रहेको र घाईतेलाई जिल्ला अस्पतातमा उपचार गरि थप उपचारका लागी धनगढी लगिएको बताएपछि निज विष्टले घटना भएको स्वीकार गर्दै पिडक भनीएका प्रहरी आफुहरुसंग रहेको स्वीकार गरेका थिए । सोहि अनुसारमा हामीले समाचार प्रकाशन गरेका थियौ ।
घटना नम्वर २
हिन्दुधर्मालम्बीहरुको महानपर्व मानिने बडादशै र तिहारको समय चलि रहेको समयमा कार्तिक २४ गते राती १ बजेको समयमा डोटीको आदर्श गाँउपालिका वडा नं. २ कुचेडा बजारको एक घरमा प्रहरीले छापाहान्यो । उक्त स्थानमा छापाहान्दा सो घरबाट जुवा खेली रहेको अबस्थामा तास, नगद रकम सहित १२ जना मानिसहरु पक्राउ परे । स्रोतका अनुसार उक्त घटनामा जुवाखालबाट ३ गड्डी तास सहित १ लाख ८४ हजार ६ सय ८० सहित उनीहरुको पक्राउ परेका थिए । डोटीमा यति धेरै रकम सहित जुवाखालबाट जुवाडेहरु पक्राउ पर्नु सामान्य घटना नभएकोले हामीले समाचारका लागी डोटी प्रहरीका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी निशान्त श्रीवास्तबलाई फोन गरि सुचना माग गर्यौ । उनले पक्राउ परेका व्यक्तिहरुको नाम, थर, वतन दिन मानेन् ।
घटना नम्वर ३
डोटीको दिपायल सिलगढी नगरपालिका वडा न ५ पुन्नामा मंसिर ११ गते मंगलबार विहान एक जना व्यक्ती मृतअबस्थामा फेला परे । मृतकका आफन्तले मारेको फालेको भन्ने शंका गरे । सोहि बमोजिम खोज अनुसन्धान हुनु पर्ने भन्दै आफन्तले सड्क किनारामा रहेको शव उठाउन दिएन् । केहि समयका लागी दिपायल सिलगढी सड्क खण्ड अवरुद्ध समेत गरे । सो घटना बारे के भई रहेको छ भनी हामीले घटना भएको दोस्रो दिन अर्थात बुधबार थप बुझ्न जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक तथा कार्यालय प्रमुख विष्णुहरि कोईरालालाई फोन सम्पर्क गर्यौ । हामीले घटनाका बारेमा के भई रहेको छ भनी सोध्दा कोईरालाले – आफुहरुले सबै घटनाको विवरण प्रदेशमा पठाउने गरेको र सूचना पनि प्रदेशबाट नै लिन भने । डोटी प्रहरीको प्रमुख जस्तो व्यक्तिले सूचना दिन आनाकानी गरे । मंसिर ११ गते भएको पुन्नामा भएको उक्त घटनामा मृत्यु भएको व्यक्तिको शव यो समाचार तयार पार्दा सम्म आफन्तले बुझेका छैनन् । उनको शव हाल पनि डोटी जिल्ला अस्पतालमा नै रहेको छ । उक्त घटना पछि आफ्न्तको दवाफमा प्रहरीले सोहि गाँउका ३ जनालाई पकाउ गरि थप अनुसन्धान गरि रहेको छ । पक्राउ परेको व्यक्तिहरुको नामथर गोप्य राखिएको छ । अनुन्धानको क्रममा रहेको अबस्थामा केहि कुरा गोप्य राख्नु पर्ने भएकाले पनि हामीले पक्राउ परेका व्यक्तिका बारेमा थप चर्चा गरेनौ ।
आम नागरिकले सार्वजनिक निकायमा कुनै पनि सूचना माग गर्दा सार्वजनिक निकायले सूचना माग्नेको सम्मान गर्दै सूचना दिनु पर्ने हुन्छ तर प्रहरी जस्तो जिम्मेवार संस्थाबाट नै सूचना पाउन डोटीमा मुस्कील परेको छ । पत्रकारहरुलाई सूचना प्राप्त गर्न सहज होस् भन्दै सामाजिक संजाल फेसबुक म्यासेन्जरमा डोटी प्रहरीले प्रहरीसंग पत्रकार भन्ने एउटा ग्रुप बनाईएको छ । तत्कालीन डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक दान वहादुर मल्लले पत्रकारहरु संग सहजिकरण गर्दै उक्त ग्रुप निर्माण गर्न लगाएका थिए । मल्ल डोटीको प्रमुख रहदा सम्म उक्त ग्रुप सक्रिय समेत रहेको थियो भने सूचना प्राप्त गर्न सहज समेत थियो । उक्त ग्रुपमा तत्कालिन प्रहरी निरिक्षक रहेका रविन्द्र चन्द सहितको टोलीले सक्रियताका साथ सूचना प्रवाह गर्दै आएका थिए । हाल उक्त ग्रुप समेत निस्कृय रहेको छ ।
सम्बन्धित समाचारहरू
डाेटीका एक प्रहरीले छिमेकीकाे टाउकाे फुटाए, घाईतेलाई धनगढी रिफर गरियाे











