माेहन सिं ठकुल्ला
सिलगढी,डाेटी
डाेटी स्थायी घर भई, उच्च अदालत दिपायलमा कार्यरत एक प्रहरी जवानले आफ्नै छिमेकीलाई कुटी घाईते बनाएका छन् ।
हिन्दुधर्मालम्वीहरुकाे महान पर्व बडादशैकाे दशमी अर्थात टिकाका दिन दिपायल सिलगढी नगरपालिका वडा नं.८ नारिदाङ स्थायी घर भई उच्च अदालत राजपुरमा कार्यरत प्रहरी जवान कमल माझीले साेहि स्थान बस्ने ४५ बर्षिया नवराज माझीलाई मंगलबार राती ११ बजेकाे समयमा कुटपिट गरि घाईते बनाएकाे स्राेतले बताएकाे छ ।
नवराजकाे टाउको र आँखा चोट लागेछ । घाईते माझीलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याई सामान्य उपचार गरिएकाे भए पनि टाउकाेमा चाेट लागेका कारण सि. टि स्क्यान गर्नका लागी केही बेर अघि मात्र धनगढी रिफर गरिएकाे छ ।
यस घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सिताराम विष्टसंग बुझ्दा सुरुमा आफुलाई उक्त घटनाका बारेमा जानकारी नभएकाे बताउदै आएका थिए । पछि विष्टले घटनाका बारेमा आफुलाई जानकारी भएकाे स्वीकार्दै भाेली विहिवार दुबै पक्षलाई प्रहरी कार्यालयमा बाेलाई छलफल गरिने जानकारी दिएका छन् । प्रहरी निरिक्षक विष्टले कुटपिट गर्ने प्रहरी जवान आफुहरुसंगै रहेकाे समेत बताएका छन् ।