डोटी, साउन ७
डोटीको जोरायल गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ मिलचौराहाका करिब ४१ वर्षीय डम्बरबहादुर गुरुङ भिमदत्त राजमार्ग अन्तर्गत गैरी खोलानजिक सडक किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
स्थानीयले बिहान करिब ६ः१० बजे घटनाबारे इलाका प्रहरी कार्यालय बुडरमा जानकारी गराएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











