माेहन सिं ठकुल्ला
सिलगढी, डाेटीकाे आदर्श गाउँपालिका वडा न २ कुचेडा बजारबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरिएकाे छ ।
आज (शुक्रबार) ईलाका प्रहरी कार्यालय आदर्श प्रहरी निरीक्षक जनक बहादुर बाेहराकाे कमान्डमा खटिएकाे टाेलिले उनीहरू १२ जनालाई नियन्त्रण लिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएकाे छ ।
उनीहरूलाई प्रहरीले विशेष सुचनाकाे आधारमा राती १ बजेकाे समयमा एउटा घरमा जुवातास खेलिरहेकाे अबस्थामा पक्राउ गरिएकाे जानकारी दिएकाे छ ।
घर मालिकसहित जुवाडेहरूकाे साथ बाट १ लाख ८४ हजार ६ सय ८० रूपैयाँ र तीन गड्डी ताससहित पक्राउ गरिएकाे श्रीवास्तवले जानकारी दिएकाे छ ।
प्रहरीले जुवाडेहरूकाे नाम भने खुलाएकाे छैन् । घटनाबारे थप अनुसन्धान भैरहेकाे जानकारी दिएकाे छ ।











