युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ ज्यान सम्बन्धी गम्भीर आरोपमा पक्राउ परेकी छन्।

नाथविरुद्ध परेको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतक हरकिशन रानाकी पत्नी फिरिया देवी रानाले दिएको जाहेरीमा नाथमाथि योजनाबद्ध रूपमा धम्की दिने, आर्थिक लेनदेनमा दबाब सिर्जना गर्ने तथा ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ। जाहेरीअनुसार कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल गर्ने प्रयास गरिएको र रकम नदिएपछि धम्की दिइएको उल्लेख छ ।
पीडित परिवारका अनुसार करिब ४० लाख रुपैयाँको अनुदान प्रक्रियामा संलग्न गराएर मृतकबाट झण्डै ४७–४८ लाख रुपैयाँ खर्च गराइएको थियो। पछि थप रकम माग गरिएपछि विवाद बढेको दाबी गरिएको छ।

गत वैशाख ९ गते बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल आर्यघाट नजिक हरकिशन रानाको शव जलेको अवस्थामा फेला परेको थियो। घटनास्थलमा मोटरसाइकल पनि जलेको अवस्थामा भेटिएको थियो। परिवारले घटनालाई सुनियोजित हत्या भएको दाबी गरेको छ।
प्रहरीले घटनासम्बन्धी सर्जमिन मुचुल्का, पोस्टमार्टम प्रतिवेदन लगायतका प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, चेक प्रकरणमा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय