सिलगढी, डाेटीमा शिक्षक पदका परीक्षार्थीमाथि एक वडा अध्यक्षद्वारा हातपात भएको छ ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ मा रहेकाे सुनादेवी माध्यमिक विद्यालयकाे आधारभूत तह ( निमावि ) तृतीय तह राहत दरबन्दीमा शिक्षक नियुक्तिकाे परीक्षाका लागि विवाद भएपछि आफूमाथि वडा अध्यक्ष दशरथ बलाएरले हातपात गरेकाे परीक्षार्थी मान बहादुर कुन्जेडाले बताए ।
विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर कडायत, विव्यस अध्यक्ष सरस्वती बुढा साउँद र नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष बलाएरले आफूले चाहेकाे उम्मेदवार शिक्षक पदमा नियुक्त गर्न खाेजिएकाे उम्मेदवार कुन्जेडाकाे आराेप छ ।
उक्त चलखेलकाे अडियाे बाहिरिदा नगरपालिकालाई परीक्षा स्थगितकाे लागि निवेदन पेश गर्दैगर्दा आफूमाथि हातपात गरेकाे उनले बताए ।
उम्मेदवार कुन्जेठा थप्छन्,” परीक्षा स्थगितकाे सम्बन्धमा निवेदन पेश गर्न खाेज्दा प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार समेत आफूहरूसँग जङ्गिए ।” उनी थप्छन् “हामीलाई सुचिकारले भने आज निवेदन दिएर हुन्छ? हिजाे अस्ति दिनु पर्दैन् ? के छ प्रमाण ?, भन्दै थर्काए ।”
पछि अडियाेसहितकाे प्रमाण जुटाएपछि प्रमुख प्रशासकीय अधिकृत सुचिकार वाल्ल पर्दै , माैन हुँदै निवेदन पेश गर्न विवश भएका परीक्षार्थी उम्मेदवार बताउछन् ।
साथै उक्त घटनाकाे विषयलाई लिएर परीक्षार्थी कुन्जेडाले जिल्ला प्रहरी कार्यालय डाेटीमा उजुरी समेत दिन खाेजेकाे तर प्रहरीले उजुरी लिन नमानिरहेकाे बताए ।
यस विषयमा नगरपालिका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष बलायरसँग बझ्दा परीक्षा रद्द भएकाे र हातपातको विषय फरक रहेकाे बताए । अध्यक्ष बलायर थप्छन्,” हातपात गरेकाे आराेप झुटाे हाे, विवाद भएकाे हाे, शिक्षक नियुक्तिकाे कारण हैन्, हातपात फरकै कारणले भएकाे हाे ।”
अडियोसहित परीक्षार्थी उम्मेदवार शेर बहादुर कुन्जेडा र मान बहादुर कुन्जेडाले नगरपालिकामा निवेदन पेस गरे पश्चात् परीक्षा स्थगित गरेकाे नगरपालिका शिक्षाशाखा प्रमुख लक्ष्मीराज ओझाले बताए । ओझाले थपे,” सम्बन्धित उम्मेदवारबाट अडियाे सहितकाे उजुरी प्राप्त भएकाे छ, थप छानवीनका लागि हाललाई परीक्षा स्थगित गरिएकाे छ, अर्काे व्यवस्था नहुन्जेलसम्म परीक्षा हुँदैन् ।”
विद्यालयका प्रधानाध्यापक कडायतले विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुढा साउँदलाई फोन गर्दै अर्को व्यक्तिलाई परीक्षामा पास गराउनुपर्ने भन्दै फोन गरेको अडियो सहित बाहिरिएको छ ।
प्रधानाध्यापक कडायतसँग उक्त विषयमा बुझ्न खाेज्दा उनले माेबाइल स्विचअफ गरेका छन् ।
उम्मेदवारले नगरपालिकालाई दिएकाे प्राप्त उजुरीमा उल्लेख भए अनुसार ‘विद्यालयमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूले चाहेका उम्मेदवार सफल नभएमा परीक्षा रद्द गर्ने, विद्यालयकाे सम्पत्ति दुरुपयोग गर्न खाेजिएकाे, शिक्षा ऐन विपरीत कार्य गरी राजनीतिक दाउपेच गरेकाे, परीक्षार्थीलाई खुल्ला प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट बञ्चित गर्न खाेजेकाे, विद्यालयलाई खुल्लारूपमा राजनीतिक आखडा बनाएकाे, विद्यार्थीहरूले याेग्य शिक्षकबाट पढ्न पाउने अधिकार बञ्चित बनाएकाे उल्लेख छ ।’
शिक्षक सेवा आयाेग नियमावली २०५७ काे नियम २४ अन्तर्गत प्रयाेजनकाे लागि शिक्षक सेवाबाट प्रकाशित करार याेग्यता सूचिलाई सुनियोजित तरिकाले बेवास्ता गरिएकाे उम्मेदवारहरूकाे उजुरी मार्फत आराेप छ ।
सम्बन्धित समाचार
विद्यालय शिक्षक नियुक्तिमा दिपायल सिलगढी नगरपालिकामा लफडा, प्रअकाे सेटिङ, परीक्षा स्थगित