युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, सिलगढी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ०८ अबस्थित सुनादेवी माध्यमिक विद्यालयमा राहत (करार) शिक्षक नियुक्तिका लागि विद्यालय प्रधानाध्यापक र विव्यस अध्यक्षकाे चलखेलकाे आराेपसँगै परीक्षा स्थगित भएकाे छ ।

उक्त विषयमा विराेध जनाउदै उम्मेदवारहरूले तत्काललाई परीक्षा स्थगित गर्नकाे लागि नगरपालिकालाई निवेदन पेस गरे पश्चात् परीक्षा स्थगित गरेकाे नगरपालिका शिक्षाशाखा प्रमुख लक्ष्मीराज ओझाले बताए । ओझाले थपे,” सम्बन्धित उम्मेदवारबाट अडियाे सहितकाे उजुरी प्राप्त भएकाे छ, थप छानवीनका लागि हाललाई परीक्षा स्थगित गरिएकाे छ ।”

आधारभूत तह ( निमावि ) तृतीय तह राहत दरबन्दीमा भएकाे विज्ञापनमा चार जनाकाे दरखास्त पर्न गएकाे र उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर कडायत र विव्यस अध्यक्ष सरस्वती बुढा साउँदले आफूले चाहेकाे उम्मेदवार नियुक्ति गर्न सेटिङ मिलाउदै गरेकाे अडियो प्राप्त भएसँगै परीक्षा स्थगीत गर्न उजुरी दिएकाे उम्मेदवारहरू बताउछन् ।

प्राप्त उजुरीमा उल्लेख भए अनुसार ‘विद्यालयमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूले चाहेका उम्मेदवार सफल नभएमा परीक्षा रद्द गर्ने, विद्यालयकाे सम्पत्ति दुरुपयोग गर्न खाेजिएकाे, शिक्षा ऐन विपरीत कार्य गरी राजनीतिक दाउपेच गरेकाे, परीक्षार्थीलाई खुल्ला प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट बञ्चित गर्न खाेजेकाे, विद्यालयलाई खुल्लारूपमा राजनीतिक आखडा बनाएकाे, विद्यार्थीहरूले याेग्य शिक्षकबाट पढ्न पाउने अधिकार बञ्चित बनाएकाे उल्लेख छ ।’

शिक्षक सेवा आयाेग नियमावली २०५७ काे नियम २४ अन्तर्गत प्रयाेजनकाे लागि शिक्षक सेवाबाट प्रकाशित करार याेग्यता सूचिलाई सुनियोजित तरिकाले बेवास्ता गरिएकाे उम्मेदवारहरूकाे उजुरी मार्फत आराेप छ ।

हामीलाई प्राप्त भएकाे अडियोमा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर कडायतले अपाच्य शब्द प्रयाेग गरेकाले समाचारमा अडियो राखेकाे छैन् ।

उक्त घटनाकाे विषयमा बुझ्न खाेज्दा विद्यालय प्रधानाध्यापक कडायतकाे माेबाइल स्विचप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय