डाेटी / डोटीमा सर्पले टोक्दा एक महिला घाइते भएकी छन् ।
दिपायल सिलगढी नगरपालिका–८ लडागडा बस्ने ३२ वर्षीया पारु साउदलाई घरनजिकै रहेको कुखुराको खोर सफा गर्ने क्रममा सर्पले दायाँ खुट्टामा टोकेको हो ।
सर्पको टोकाइबाट घाइते साउदलाई उपचारका लागि साँझ सवा ६ बजे जिल्ला अस्पताल डोटी पुर्याइएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ।











