डोटी / वनसम्बन्धी मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका डोटीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–२ खरहरका ३५ वर्षीय वीरबहादुर नाम्जाली मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्ला अदालत डोटीले २०८१ असार १७ गते वनसम्बन्धी मुद्दामा नाम्जाली मगरलाई २७ दिन कैद सजाय तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई बिहीबार साँझ दिपायल सिलगढी नगरपालिका–६ सिलगढी बजारबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका नाम्जाली मगरलाई हिरासतमा राखेको जनाएको छ। उनलाई शुक्रबार जिल्ला अदालत डोटीमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।











