युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी / सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशको समृद्धिलाई साझा विषय बनाएर सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

सुदूरपश्चिममा मनाइने ओल्के, नागपञ्चमी र गुरही पर्वको अवसरमा धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री मल्लले प्रदेशको समृद्धिसँग सबै नागरिकको प्रतिष्ठा जोडिएकाले विकासका लागि साझा प्रयास आवश्यक रहेको बताए।

उनले सामाजिक तथा धार्मिक सम्पदाको संरक्षण र समग्र विकासलाई प्रदेश समृद्धिको आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै सरकारले नयाँ सोचका साथ काम गर्ने बताए।

मन्त्री मल्लले यसअघि बजेट निर्माणका क्रममा देखिएको विवादकै कारण नयाँ गठबन्धन र सरकार बनेको भन्दै अबको बजेट प्रदेशको समृद्धिको स्पष्ट खाका कोर्ने गरी निर्माण र कार्यान्वयन गरिने बताए।
कार्यक्रममा निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले यसअघि सरकारले ल्याएको बजेटप्रति असहमति जनाएकै कारण नयाँ गठबन्धन सरकार बनेको भन्दै विगतका कमजोरीबाट पाठ सिक्न आग्रह गरे।

उनले नयाँ सरकारले बजेट निर्माण गर्दा विगतका असहमति र समस्यालाई ध्यानमा राख्दै सुधारको स्पष्ट खाका समेट्नुपर्ने बताए।
कार्यक्रममा सहभागीहरूले ओल्के, नागपञ्चमी र गुरही पर्वको शुभकामना आदानप्रदान गर्दै नयाँ सरकारले सबै पक्षको भावना समेटेर काम गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय