
मनमाेहन ठकुल्ला, डाेटी
डाेटीकाे शिखर नगरपालिका उप- प्रमुखले आफ्नाे निजी गाडी भाडामा लिएकाे छ । आफ्नाे मनमर्जी ढंगले व्यक्तिगत राताे प्लेट नम्बरको गाडी नगरपालिकाकाे कार्यालय प्रयाेजनकाे लागि प्रयाेगमा ल्याइ आफै भाडा लिने गरेकाे पाइएकाे छ ।
नगर उप- प्रमुख सुनिता रावल जाेरा चढ्ने सु. प. प्र ०१००१ च ४०२२ नम्बरको महेन्द्रा कम्पनीको बाेलेराे जिपलाई नगरपालिका कार्यालयकाे काममा प्रयाेग गरी आफै भाडा लिने गरेकि छन् ।
हामीले नगरपालिकासँग जिन्सी यातायातका साधनहरू के कति रहेका छन् र कति भाडामा लिएका छन् भन्ने विषयमा सुचना माग गर्दा नगरपालिकासँग आफ्ना २९ सवारी साधन रहेका छन् । जसमा नगरपालिकाले हाल भाडामा एउटा पनि गाडी नलिएकाे प्राप्त सूचनामा देखिएपछि हामीले निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्रन्द्र शाहसँग साेधपुछ गर्दा उक्त कुरा खुल्नमा आएकाे हाे ।
नगरपालिकाले पहिले भाडामा लिएकाे (जिप) गाडिकाे गत असार महिनामा सम्झौता सकिएपछि उक्त गाडीलाई नगरपालिकाले भाडामा नलिने निर्णय गरेपछि हटाइएको प्रशासनिक प्रमुखबाट बुझ्न आएकाे छ ।
वर्तमान समयमा त्यसपछि नगर- उपप्रमुख सधैं आवतजावत गर्ने कसकाे गाडी हाे भन्ने सन्दर्भमा कुरा गर्दा अधिकृत शाहले भने “उहाँकाे आफ्नै व्यक्तिगत गाडी हाे तर कहिलेकाही कार्यालयकाे काममा प्रयाेग गरेपछि भाडा तिर्नु पर्छ, खर्च बापत भाडा दिने गर्छाैँ ।” प्रशासकीय अधिकृत शाहले थपे ” अहिले याे गाडि भाडामा लिएका छाैँ भन्न सक्ने अबस्था छैन् तर काम परे कहिलेकाेही कहिलेकाेही गाडी लिने गर्छाैँ, र भाडा पनि तिर्छाैँ ।”
हामीले नगरपालिकाले भाडामा कहिलेकाही प्रयाेग गर्ने गाडीको अभिलेख राख्नु हुन्छ कि भन्ने प्रश्नमा शाहले भने “हामीसँग त्यस्तो अभिलेख केही छैन, जसकाे गाडी हाे, त्याे सम्बन्धित व्यक्तिसँग हाेला, हामी भाडामा लिएकाे दिन भाडा तिर्छाैँ, नगर उप-प्रमुखकाे खुदकाे गाडी हाे ।”
उक्त विषयमा निमित्त प्रमुख शाहसँग कुरा गर्दा नगर उप- प्रमुख चढ्दै आएकाे गाडी उहाँको आफ्नै रहेकाे खुल्न आएकाे हाे ।यस कुराबाट के स्पस्ट हुन आउँछ भने नगर उप-प्रमुख रावलले सरकारबाट प्राप्त हुने यातायात खर्च आफ्नाे गाडीकाे भाडा आफै असुल्ने गरेकाे पाइन्छ ।
त्यस्तै एक जना नाम नखाेल्ने सर्तमा भन्छन् ” नगर उप-प्रमुखले त्यस्तो गर्नु भनेकाे त, आफ्नाे घरमा बसेर आफैलाई भाडा तिर्नु सर हाेइन र ? स्थानीय स्तरमा चाैतर्फी आलाेचना भैरहेको छ त्याे विषयमा ? काेहि आफ्नाे घरमा बसेर पनि भाडा तिर छ ? हाे त्यस्तै गर्दै छिन् हाम्री नगर उप प्रमुख सुनिता रावल जाेरा ज्यु ले !”
यस विषयमा हामीले शिखर नगरपालिका नगर प्रमुख दिर्घ बहादुर बलायरसँग ‘ तपाईंको नगर उप-प्रमुखले आफ्नाे गाडि कार्यालय कामकाे लागि प्रयाेग गरी आफै भाडा असुल्ने गरेकाे गुनासाे आइरहेकाे छ, भन्ने प्रश्नमा नगर प्रमुखले भने ‘ लिन नमिल्ने हाेर ?’ भनेर उल्टै प्रश्न गरेका छन् । नगर प्रमुखले थपे ” तपाईंले जे सुन्नु भाछ त्याे सहि सुन्नु भा छ, म अहिले बाहिर आएकाे छु, मैले पनि अहिले उहाँकै गाडी लिएर आएकाे छु ।” फेरि नगरप्रमुख बलायर भन्छन् ” हामीले सधै गाडी भाडामा लिदैनाैन त, आवश्यक परे लिने हाे ।”
माथि केही कुरा उल्लेख भए पनि याे कुराकाे स्मरण रहाेस् ‘ नगरप्रमुख बलायर निर्वाचित भैसकेकाे १ वर्ष २ महिनासम्म दैनिक रूपमा एउटा जिप भाडामा नगरपालिका लिदै आएकाे थियाे। अझ भनाैँ उक्त जिप विगतकाे सरकारले नै भाडामा लिने गरेकाे थियाे । तर वर्तमान नगर प्रमुख बलायरले भनेका छन् ” हामीले सधैंकाे लागि आजसम्म एउटा पनि जिप भाडामा लिएका छैनाैँ ।”
यसबारेमा प्रष्ट हुनकाे लागि हामीले नगर उपप्रमुख रावलसँग कुराकानी गरेका थियाैँ । उनले भनिन् “निर्वाचित भैसकेकाे एक वर्षसम्म आफ्नाे व्यक्तिगत स्कुटरमा आवतजावत गरेकाे थिए, नगरकाे एक रूपैयाँ खर्चेन् ।”
नगर उप-प्रमुख रावलका अनुसार आफूले गाडी चड्न पाउने हक रहेकाे बताएकी छन् । उनी थप्छिन् “घरबाट कार्यालयसम्म आवतजावत गर्छु तर त्यसकाे गाडीमा हाल्ने तेल समेत प्रयाेग गरेकाे छैन्, तर कार्यालयकाे काममा बाहिर गाडिमा जाँदा भाडा लिने गरेकाे र तेल पनि नगरपालिकाे प्रयोग गर्दै आएकाे उपप्रमुख रावलकाे दाबी छ । नगर उप – प्रमुख रावल अझ थप्छिन् ” विरोध हुन्छ भनेर मैले त पहिले नै भनेकाे हुँ मेराे गाडी भाडामा नलिउ भनेर तर नगर प्रमुख र हाकिम साफले मान्नु भएन्, केही हुन्न भन्नू भयाे, बाहिर बाहिर यस विषयमा विराेध भैरहेकाे सुनिरहेकाे छु ।”
याे कुराकाे हेक्का रहाेस् ” कानुन अनुसार सार्वजनिक पदधारण गरेका व्यक्तिहरूले आफ्नै नाममा रहेकाे राताेमा सेताे प्लेटकाे गाडी प्रयाेग गर्न नमिल्ने हाे, अथवा भाडामा लिन नमिल्ने व्यवस्था छ ।”
त्यस्तै हामीले यस विषयमा विस्तृत रूपमा बुझ्न खाेज्दा नगरपालिकाले आवश्यक सूचना दिन आनाकानी गरेकाे छ ।
भुल सुधार :
शिखर नगरपालिका उप-मेयरकाे मनमर्जी गाडी आफ्नाे रकम नगरपालिकाकाे