डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलास्थित अछाम–धनगढी सडकखण्डको भिरालो जमिनमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ।
आइतबार दिउँसो करिब ३ः३० बजे प्रहरी नायब निरीक्षक भानबहादुर चन्दको कमाण्डमा खटिएको सात सदस्यीय प्रहरी टोली गस्तीबाट फर्किने क्रममा उक्त बन्दुक फेला पारेको हो।
प्रहरी टोलीले एकनाले भरुवा बन्दुक एक थान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ।










