कैलाली । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित आठ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–६ राजिपुरस्थित ४१ वर्षीय शिवरतन थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूसहित आठ जनालाई पक्राउ गरेको हो। जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ६४ हजार ७७० रुपैयाँ र तीन गड्डी तास बरामद गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










