बाजुरा — बाजुराको बुढीगंगा नगरपालिका–६, फालासैनस्थित साँफे–मार्तडी सडक खण्डको बायाँ पट्टी रहेको नालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोही स्थानका ३८ वर्षीय नरेन्द्र थापा नालीमा मृत अवस्थामा फेला परेका हुन्। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
हाल घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।











