डोटी / डोटीमा खेतमा काम गर्ने क्रममा सर्पले टोक्दा एक महिला घाइते भएकी छन् ।
केआईसिंह गाउँपालिका–५ रानागाउँकी ६५ वर्षीया कलावती मल्ललाई शुक्रबार दिउँसो खेतमा काम गरिरहेका बेला सर्पले बायाँ हातमा टोकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सर्पदंशबाट घाइते मल्ललाई उपचारका लागि दिउँसो साढे ३ बजे जिल्ला अस्पताल डोटी पुर्याइएको हो। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











