डोटी, बैशाख १७– डोटीको आदर्श गाउँपालिका–६ सबखोलामा एक बालिका भिरबाट लड्दा गम्भीर घाइते भएकी छन्।
मंगलबार दिउँसो करिब १ बजे चनी बोहराकी १३ वर्षीया छोरी पदमा बोहरा घरनजिकैको सल्लीखान सामुदायिक वनमा बाख्रा चराउने क्रममा अचानक भिरबाट लडेर घाइते भएकी हुन्।
लडेर उनी टाउको, बायाँ आँखा र कम्मरमा चोट लागेर गम्भीर घाइते भएकी थिइन्। घटनापछि स्थानीयले उद्धार गरी उनलाई दिउँसो ५ बजे सुजङ अस्पताल, राजपुर डोटीमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल, डडेल्धुरा रिफर गरिएको प्रहरीको भनाइ छ।











