डडेल्धुरा – परशुराम नगरपालिका–१०, दुम्सीजलामा आज बिहान करिब ३:५० बजे अचानक भएको आगलागीले एक परिवारको सम्पूर्ण घर जलेर नष्ट भएको छ।
स्थानीय लक्ष्मण बुढाको घरमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगोले घरसहित भित्र रहेका खद्यान्न, लत्ताकपडा, भाँडावर्तन, काठ लगायतका सामग्री नष्ट गर्दा करिब ५ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनास्थलमा समयमै नियन्त्रणको प्रयास भए तापनि आगो द्रुत गतिमा फैलिएकाले ठूलो क्षति भएको हो। मानवीय क्षति भने नभएको जनाइएको छ।
प्रहरीले आगलागीको विस्तृत अनुसन्धान भइरहेको बताएको छ।











