कञ्चनपुर— भीमदत्त नगरपालिका–7, हल्दुखालका केशबसिंह महराको घरबाट सुनका गहना चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
चोरीमा संलग्न भीमदत्त नगरपालिका–6 का राहुल चन्द (३०), अमित खत्री (२६), चक्र सुनार (२१) र महेन्द्र नायक (१८) लाई पक्राउ गरिएको छ। साथै, चोरीका गहना खरिद गर्ने भीमदत्त नगरपालिका–4 का नविन पौडेल (३५) र इसा पौडेल (३२) लाई पनि नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
चैत्र १२ गते भएको चोरीमा छड्के तिलहरी, मंगलसूत्र, काँटा, नागिन माला, सुनको चन्द्रमा, गलोबन्द, झुम्का, र चाँदीको औंठी समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।











