डोटी, डोटीको सायल गाउँपालिकामा प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ।
मंगलबार सायल गाउँपालिका–५ जडापानीस्थित सार्वजनिक गौचरण जंगलमा प्रहरी टोलीले भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरी चौकी डौडबाट खटिएको टोली वस्तुस्थिति बुझ्न जाने क्रममा भाङबोयादेखि पालेवन जाने गोरेटो बाटोको दाहिनेतर्फ ठूलो ढुङ्गामुनि कालो प्लास्टिकले बेरेर राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारेको हो।
बन्दुक खाली अवस्थामा रहेको र प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।











