चैत्र ९ डाेटी
डाेटीमा घरकाे छतबाट लडेर एक महिला घाइते भएकी छन् । आज सनिवार साढे ११ बजेको समयमा जिल्लाकाे शिखर नगरपालिका ११ सिमखोली बस्ने ३० वर्षीय मानी बलायर लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
बलायरकाे आफ्नै एक तले पक्की घरको छतबाट लडी टाउको र कम्मरमा चोट लागेकाे छ । घाइते बलायरकाे डडेल्धुरा अस्पताल डडेल्धरा उपचार भैरहेको डाेटी प्रहरीले जनाएको छ ।
चिकित्सककाअनुसार घाइतेकाे अबस्था मध्यम रहेकाे आफन्त स्राेतले जनाएको छ ।











