युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, फागुन २८ गते । बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । शैक्षिक सत्र २०८० को तथ्याङ्क अनुसार नियमिततर्फ एक हजार ४८७ छात्र र एक हजार ३४७ छात्रा गरी दुई हजार ८३४ र ग्रेड वृद्धिका लागि छात्र ५१ छात्रा ४८ गरी ९९ गरी  दुई हजार ९३३ जना विद्यार्थीहरूले एसइई परीक्षा दिएका थिए ।

यो वर्ष तीन हजार १७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष ८४ जना एसइई दिने विद्यार्थी बढी छन् ।

कक्षा दशको पठनपाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका यहाँका तीन हजार सत्र जना विद्यार्थी यो वर्ष एसइईमा सहभागी हुने भएका हुन् ।

यो वर्ष नियमित तर्फ दुई हजार ३१७ ग्रेडवृद्धिका लागि ६७५ र पुराना पश्र पत्र अनुसार परीक्षा दिने २५ जना गरी तीन हजार सत्र जना विद्यार्थी एसइई परीक्षा दिनका लागि योग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ ।

१७ वटा परीक्षा केन्द्र
बाजुरामा माध्यामिक शिक्षा (एसइई परीक्षा) का लागि यो वर्ष १७ वटा परीक्षा केन्द्र तोकिको छ । ती परीक्षा केन्द्रबाट तीन हजार १७ जना विद्यार्थीले एसइई दिँदै छन् ।

भानोदय मावि नौविसमा १२८ जनप्रकाश मावि कोल्टी १३८ शुम्भुसुनन्दा मावि जुकोट २५९ मालिका मावि मार्तडीमा १३१ मष्टेश्वरी मावि डोगडीमा तीन सय, त्रिशक्ती मावि बाह्रविसमा २४६ कीर्तिचौर मावि मानाकोटमा ११६ स्वामिकार्तिक मावि वाईमा २५२ पशुपति मावि ताँप्रामा ९३ रत्न मावि सेलिफालमा २३२ कैलाश मावि जगनाथ १२८ तोली देवलडाँडा माविमा ३७२ शैले श्वरी मावि फैतीमा ९३ सत्य मावि भौनेरा २८९ भवानी मावि धुलाचौरमा ८० बालमन्दिर आवि मार्तडीमा १३५ बालमन्दिर आवि मार्तडीमा २५ जना गरी तीन हजार सत्र विद्यार्थी यो वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका अधिकारी लालबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परीक्षा सञ्चालनका लागि गत वर्ष १६ वटा परीक्षा केन्द्र थिए । भने यो वर्ष एक थप गरी १७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।”

राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गते हुने एसइई परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरिसकेको विष्टले बताउनुभयो ।

बाजुरामा कक्षा एकदेखि तीनसम्म २२८, चारदेखि पाँचसम्म १७६, छदेखि आठसम्म ११२, नौदेखि १० सम्म ६७, एघारदेखि १२ सम्म २९ र तीन वटा क्याप्स गरी ६१५ विद्यालय सञ्चालनमा छन् ।
गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय