कञ्चनपुर /बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएका कञ्चनपुरका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्।
जिल्ला अदालतको २०५२ असार ७ गतेको फैसलाअनुसार १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका–३ खैरिघाटका ५८ वर्षीय शोभान सिंह खड्का पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले बुधबार उनलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खड्काविरुद्धको फैसला लामो समयदेखि कार्यान्वयन हुन बाँकी थियो।
पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको छ।











