कैलाली / चोरी मुद्दामा फरार कैलालीका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने २१ वर्षीय युवराज सलामी मगर रहेकाे प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालत कैलालीको मिति २०७९ पुस १३ गतेको फैसलाले चोरी मुद्दामा १४ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेपछि उनी उक्त समयदेखि फरार थिए ।
मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको छ।











