कैलाली / खेतमा जुवातास खेलिरहेकाे अबस्थामा कैलाली प्रहरीले ४ जनालाई पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार गाेप्य सूचनाकाे आधारमा बुधबार धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा खेतबारीको टहराबाट सोही ठाउँ बस्ने ३५ वर्षीय अबनिश सिंहसहित चार जनालाई पक्राउ गरिएकाे हाे । उनीहरूबाट नगद १९ हजार ३२५, २ गड्डी तास र मोटरसाईकल २ थानसहित पक्राउ गरिएकाे छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरे हाे ।











