बझाङ /बझाङमा दुई दिनदेखि बेपत्ता रहेका एक युवक मृत अवस्थामा फेला परेका छन्।
बित्थडचिर गाउँपालिका–५, धामीगाउँ चिल्लापानीका ३५ वर्षीय किशन धामी घर नजिकैको भीरमा खसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक दिपक बिष्टका अनुसार घरबाट हराएका धामीको खोजी गर्ने क्रममा उनी मृत अवस्थामा भेटिएका हुन्।
घटनास्थलको प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। मृत्युको कारण भने अझै खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











