काठमाडौं – पाेखरामा बेलुन पड्किएर घाइते भएका उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेल काे कीर्तिपुरमा उपचार भैरहकाे छ । शनिबार दिउँसो पोखरामा कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेलकाे कीर्तिपुर अबस्थित किर्तिपुरस्थित बर्न अस्पताल उपचार भैरहेकाे छ ।
कार्यक्रम उद्घाटनका क्रममा बेलुन उडाउनेक्रममा आगोको झिल्कोले बेलुन भेट्दा पड्किएको थियो । हाइड्रोजन ग्यास भरेको बेलुन पड्कँदा शरिरमा जलन भएकाले उननको आईसीयूमा सघन उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
अर्थमन्त्री पौडेलसँगै पोखरा महानगरका मेयर धनराज आचार्य समेत घाइते भएको र उनको समेत किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेक्रममा आगोको झिल्को पर्दा बेलुन पड्केको थियो । हाइड्रोजन ग्यासबाट भरिएको बेलुन पड्केर घाइते भएका अर्थमन्त्री र मेयरलाई पोखरामा नै प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।











