युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम, माघ १५ गते । अछामको किशोरी मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ । जिल्लाको ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र इशरा खड्काको हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका हुन् ।

मृतक सरस्वतीका ठुलोबुवा तथा इशराका हजुरबुवा अवि खड्काले दिएको किटानी अनुसार ढकारी गाउँपालिका ३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा छन् । उनिहरू प्रहरीको हिरासतमा छन् ।

पक्राउ परेकाहरू सँग प्रहरीले प्रारम्भिक बयान लिने काम गरिरहेको छन् । उनिहरुले प्रहरीसँगको बयानमा घटना भएको दिन शव फेला परेको जङ्गलमा गएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि थप टोली खटाइएको छ ।

प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नरेन्द्र भण्डारीको नेतृत्वमा टोली खटाइएको हो । जसमा एक जना पोलिग्राफ गर्ने प्रहरी सहायक निरीक्षक पनि रहेका छन । यस्तै, प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश चन्द पनि आज सोही सिलसिलामा अछाम जाने कार्यक्रम छ ।

शुक्रबार ढकारी गाउँपालिका १ को छिन्ने ओढार जङ्गलमा ढकारी ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो । सोही घटनाको अनुसन्धानका लागि टोली परिचालन गरिएका हुन् । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरी भण्डारीका अनुसार घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोली मङ्गलबार अछाम पुग्ने छ । अछाम प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका बताएको छ ।

जिल्ला प्रहरी कार्यालयले किशोरी मृत्युको घटनामा अहिलेसम्म ११ देखि ४० वर्षसम्मका पाँच जनालाई नियन्त्रणमा लिएको छ भने झण्डै आधा दर्जन मानिसको बयान लिइएको बताएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली घटनास्थल आसपासमा रहेको स्रोतले बताएको छ ।

मृतक किशोरीको भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पोस्टमार्टम गरिएको छ । उनहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । मृतक दुबै जनाको अन्त्यष्टि भोली बुधबार स्थानिय परम्परा अनुसार गरिने मृतकका आफन्त कमल भण्डारीले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय