सिलगढी / डाेटीकाे के आई सिंह गाउँपालिका वडा नम्बर ५ ले विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम लागू गरिएकाे छ ।
साेमबार वडा अध्यक्ष दुर्गा सिंह रावलले साेही ठाउँ सरस्वती माध्यमिक विद्यालय रानागाउँकाे प्राङ्गणमा एक ओैपचारिक कार्यक्रमका साथ विद्यालयसँग वडा अध्यक्ष कार्यक्रमकाे उद्घाटन गर्नुभएको हाे ।
वडा भित्रका समग्र विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्ने, सिकाइ उपलब्धी वृद्धि गर्न, स्थानीय सरकार र बिधालय बीच समधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यकले उक्त कार्यक्रम लागू गरेकाे वडा अध्यक्ष रावलले बताउनुभयो ।
अध्यक्ष रावलले सम्पूर्ण विधालयका शिक्षकहरु, विव्यस अध्यक्ष , शिक्षक अभिभावक सङ्घका अध्यक्ष लगायतको सहभागीता रहेकाे थियाे ।
साथै शिक्षकहरूलाई शैक्षिक सामग्रीको प्रयोग गर्न सहज होस भन्ने उद्देश्यले प्रत्येक शिक्षकलाइ एउटा झोला, डाइरी कलमसमेत प्रदान गरिएको छ ।
कार्यक्रममा सहभागी शिक्षकहरूले विधालयको समग्र विकासका लागि विविध कार्यक्रम निरन्तर रुपमा सबैले गर्ने प्रतिबद्धता जनाएका छन् ।











