डाेटी /डाेटीमा एक पसलमा आगलागी भएकाे छ । आज आइतबार जिल्लाकाे सायल गाउँपालिका वडा नम्बर ४ सुन्नास्वाडा स्थित साेही ठाउँ बस्ने गणेश रनेनीले संचालन गर्दै आएको जस्ता पाताले बनेको ‘विष्णु नारायण खुद्रा पसलमा’ आगलागी भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आज दिउँसो १ बजेकाे समयमा विजुलीको स्विच सर्ट भई आगलागी हुदाँ पसल भित्र रहेका लत्ताकपडा, फर्निचर, खाद्यन्न सामाग्रीहरु र खुद्रा किरानाका सामानहरु जली करिव ८० हजार बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
आगाेलाई नियन्त्रणमा लिइसकेको र मानवीय, चौपाया क्षेती केही नभएको प्रहरीले जनाएको छ ।











