सिलगढी / डाेटीसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आज ( बिहीबार) बिहानीपखदेखि निरन्तर वर्षा भैरहेकाे छ । बुधबार रातिदेखि माैसममा आएकाे परिवर्तनका कारण निरन्तर वर्षासँगै एकाएक चिसाे बढेकाे छ ।
त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्गकाे उपमा पाएकाे खप्तड क्षेत्रमा हिमपात पनि भएकाे छ । यस वर्ष तेस्राे पटक हिमपात भएसँगै उक्त क्षेत्रमा चिसाे ह्वात्तै बढेकाे खप्तड राष्ट्रिय निकुञ्ज विचपानीका व्यापारी हिरा सीं चिरालले बताउनुभयो । हिउँपरेपछि डाँडाकाँडा हिउले सेताम्य भएर निकै रमणीय देखिएका उहाँले बताउनुभएकाे छ । हिउँपरेपछि जनजीवन प्रभावित भएकाे व्यापारी चिरालकाे भनाइ छ ।
त्यसैगरी हिउँदे माैसममा बेलाबखत पानी परिरहदा एकातिर किसानकाे ओठमा खुसी छाएकाे छ । यस वर्ष पानी परेपछि हिउँदेवाली हल्कै भएकाे सायल गाउँपालिकाका किसानले बताएका छन् ।











