बाजुरा / बाजुरामा रूखबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे बुढीगङ्गा नगरपालिका –३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्याय रहेकी छन् ।
मृतकका आफन्तस्राेतकाअनुसार स्थानीय बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता समेत रहेकी
उपाध्यायकाे डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर घटनास्थलमै मृत्यु भएको जनाएको छ ।











