कैलाली /कैलालीको कैलारी गाउँपालिका–८ पूर्व टेडीमा गएराति आगलागी हुँदा एक राँगाको जलेर मृत्यु भएको छ।
स्थानीय सर्वण चौधरीको काठले बनेको दुई तले, दुई कोठे कच्ची गोठमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











