कैलाली , साउन १०
कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरी रहेका छन्।
प्रहरीका अनुसार शनिबार दिउँसो साथीहरूसँग खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।











