सिलगढी / डाेटीमा अटाे रिक्सा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
आज ( बुधबार ) साढे ५ बजेकाे समयमा जिल्लाकाे दिपायल सिलगढी ४ बेडखोल्ले स्थित रेडियो नेपाल बाट पिपल्ला तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ह ३४०६ नम्बरकाे अटाे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
साेही ठाउँ राजपुरका ४० वर्षीय रमेश दमाईले चलाएको
अटो अनियन्त्रित भई सडक बाट अन्दाजी २ मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।
घाइतेहरूकाे नाम प्रहरीले खुलाएकाे छैन् । घाइतेहरूलाई उपचारको लागि शैलेश्वरी अस्पताल, पिपल्ला दिपायलमा पुर्याई उपचार भई रहेको र अवस्था सबैको सामान्य रहेकाे डाेटी प्रहरीले जनाएको छ ।











