डडेल्धुरा / बाल यौन दुव्र्यवहार मुद्दामा फरार रहेका डडेल्धुराका ५० वर्षीय एक पुरूष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्शुराम नगरपालिका–१२ जोगबुढाका काले कामी रहेका छन् । डडेलधुरा प्रहरीका अनुसार जिल्ला अदालत डडेल्धुराबाट उनलाई सो मुद्दामा ३ महिना कैद सजाय, ५ हजार जरिबाना र १० हजार क्षतिपुर्ती तोकिएका उनी फरार रहेका थिए ।
मंगलबार मात्रै उनलाई प्रहरीले नियन्त्रण लिएकाे जनाएको छ ।











