युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / सुदुरिश्चिमसहित डाेटीमा आज माघे सङ्क्रान्ति मनाइदै छ । माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति तथा माघी नामले पनि चिनिने गरिन्छ । संङ्क्रान्तिकाे बिहान ४ बजे सबेरै उठेर धारा, खाेला लगायतका क्षेत्रमा गइ नुवाइधुवाइ गरेर कन्दमुलले धारा पुज्ने प्रचलन छ ।

माघे सङ्क्रान्तिमा विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै तरूल, भक्केराेटी, सखरखण्ड, फर्सी, घिउ, चाकु, तिलको लड्डु  तथा मिठा परिकार खाएर मनाइन्छ । बिहान नुहाइसकेपछि पुसे पन्ध्र देखि जम्मा गरेका काठका मुडाकाे आगाे तापेर चिसाे भगाउने प्रचलन परापूर्वकालदेखि रहदै आएकाे स्थानीय बुढापाकाे भनाइ छ । स्थानीय भाषामा माघ १ गतेकाे दिनलाई मुडा पाेल्ने तिहार अथवा माग्यात्यार पनि भनिन्छ ।

याे महिनामा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । माघी महिना धर्मी महिना भएकाले सङ्क्रान्तिकाे दिन पुजाआजा गर्ने प्रचलन रहेकाे स्थानीय बुद्धिजीवीकाे भनाइ छ ।

सङ्क्रान्तिकाे अबसरमा पुसे पन्ध्रमा जगाएर ल्याएकाे रनपुतला आजकै दिन सेलाउने प्रचलन छ । डाेटी लगायत सुदुरपश्चिमका प्रायः क्षेत्रमा नारीले माइतीघरमा पाेख्न नपाएका वेदना, माघि महिनामा आएर रनपुतला मार्फत सुनाउने र मन हलुँगो पारेर फर्कने पुरानाे प्रचलन रहेकाे पूर्वीचाैकी गाउपालिका २ कि खिना देवी ठकुल्लाले बताइन् । माघ महिनाभरी छाेरीबेटीलाई सेलरोटी, लाउन, बाबर, पुरी पकाएर तिहार दिने प्रचलन रहेकाे उनले बताइन् ।

माघ महिनाकाे पहिलाे दिनदेखि शिशिर ऋतुकाे आगमन भएसँगै सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।

ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिएको हो

धार्मिक विश्वास के छ ?

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । दाङ-देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ । यसैगरी दाङ-देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ । त्यस्तै, दाङ-देउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ । यो ठाउँ स्थानिय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ । खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय