सिलगढी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड जिल्ला सदरमुकाम अवस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढी डाेटीले हात पारेकाे छ ।
प्रतियोगितामा २२ स्वर्ण, १२ रजत र ३ कास्य गरी जम्मा ३७ पदक सहित विद्यालय यस वर्ष पनि प्रथम स्थान ओगट्न सफल भएकाे छ ।
साथै याे विद्यालयले याे वर्षसहित लगातार पाँच पटक नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको छ ।
साथै विद्यालय प्रधानाध्यापक केशवराज ओझाले आफ्नाे फेसबुक सामाजिक सञ्जालमार्फत् लेख्नु भएकाे छ ” सम्पूर्ण खेलाडी नानीबाबुहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु ।” साथै सफलतामा साथ दिन अहोरात्र खट्ने विभिन्न विधाका खेल प्रशिक्षक , उर्जावान सहकर्मी साथीहरू तथा सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।” उहाँले लेख्नुभएकाे छ ।
त्यस्तै प्रतियोगितामा दाेस्राे स्थान दिल्पेश्वर माविले ओगट्न सफल भएकाे छ भने तेस्राे स्थानमा सहिद स्मृति आवासीय मावि छ । त्यस्तै चाैथाे स्थानमा सुजङ बाेर्डिङ स्कुल छ ।











