कञ्चनपुर /कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का एक पुरूष सम्पर्क विहीन भएका छन् ।
साेही ठाउँका अन्दाजी ३० वर्षीय रामलाल बडायक भारतको रूद्रपुरबाट शुक्रबार बिहान ९ बजे घर पुग्ने भन्दै परिवारमा खबर गरेका उनी एकाएक सम्पर्कविहीन भएका आफन्तकाे भनाइ छ ।
स्थानीय प्रशासनलाई घटनाबारे सूचित गरिएको वडा कार्यालयकाे भनाइ छ । परिवारका सदस्यले गढवालमा रहेका साथीभाइ र अन्य चिनजानका व्यक्तिहरूसँग पनि सम्पर्क गरेर खोजी गरिरहेको उनले बताए।











