कैलाली / कैलालीमा प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक किशोरी गम्भीर घाइते भएकी छन् ।
आज बिहान १०:३० बजेकाे समयमा बैतडीकाे पाटनका २१ वर्षीय प्रहरी जवान चक्र सार्कीले चलाएको म २ प ७४२५ नम्बरको मोटरसाइकलले धनगढी बोराडाडीमा ठक्कर दिँदा धनगढी–३ चटकपुर बस्ने १६ वर्षीया दिपीका बोहरा घाइते भएकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते बोहराको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उनकाे मायामेट्रो अस्पताल धनगढीमा उपचर भैरहेको छ ।
घाइते बाेहरा बाटो काट्ने क्रममा माेटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी जवान सार्की दिपायलमा कार्यरत रहेकाे स्राेतले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेकाे छ ।











