युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
व्यावसायिक रूपमा सुदुरपश्चिममै पहिलोपटक डाेटीमा चारजना युवाले सामुहिक मल्चिङमा लसुन खेति गरेका छन् ।

बाँझो जमिनकाे उपयोग गर्दै दिपायाल सिलगढी नगरपालिका वडा नम्बर ३ बान्नेकाेटमा तेज द्ववारिया, कैलास खड्का, दिपक शाहु, शैलेन्द्र खड्काले यस वर्ष पहिलोपटक परिक्षणकाे रूपमा मल्चिङ प्रविधि प्रयाेग गरेर लसुन खेतीकाे सुरूवात गरेका हुन् ।

१० राेपनी जमिन भाडामा ( अध्या) लिइ कृषि ज्ञान केन्द्र डाेटीकाे ५० प्रतिशत अनुदानमा मल्चिङ प्रविधिकाे प्रयाेग गरी लसुन खेति गरिरहेकाे युवा किसान शैलेन्द्र खड्काले बताउनु भयाे । साथै यस वर्ष लसुनमा मल्चिङ प्रविधि सफल भएपछि आगामी वर्ष खेतीकाे लागि क्षेत्र विस्तार गर्ने खड्काले बताउनु भएकाे छ । खड्काले भन्नुभयो,” मञ्चिङमा लसुन प्रविधि हामीलाई थाहै थिएन, ज्ञान केन्द्र प्रमुखसँग लसुन खेति बारे बुझ्दा याे प्रविधिकाे प्रयाेग गरेका हाैँ ।

“परिक्षणकाे रूपमा मल्चिङ प्रविधि प्रयोग गरि सुदुरपश्चिममै पहिलो पटक डाेटीमा लसुन खेती गरिएको छ, आशा छ राम्रो नतिजा आउनेछ ।” भनेर कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो । उहाँकाअनुसार ज्ञान केन्द्रकाे ५० प्रतिशत अनुदान र करिव ७५ हजारकाे हाराहारीमा किसानकाे लगानीमा लसुन खेति गरिएकाे हाे भने किसानलाई प्लास्टिक ज्ञान केन्द्र उपलब्ध गराएकाे हाे ।

मल्चिङ प्रविधिबाट खेती गर्दा गाेडमेल गर्नु नपर्ने, चिस्यान रहने, कम सिँचाइ, तापक्रम वृद्धि हुने भएकाले लसुनका बाेट छिटाे वृद्धि हुने यश प्रविधिका इत्यादी फाइदा रहेकाे प्रमुख अवस्थीकाे भनाइ छ ।

” कृषिमा काम गर्ने मान्छे थाेरै छन् , त्यसैले यस्तै आधुनिक प्रविधि अपनाउदा कृषि प्रवर्धन र किसान वृद्धि गर्न सकिन्छ ।” भनेर प्रमुख अवस्थीले बताउनुभयो ।

जिल्लामा खुल्ला रूपमा २५ राेपनी जमिनमा लसुन खेति छ ।

गतवर्ष देखि जिल्लामा ५० राेपनी जमिनमा मल्चिङ प्रविधि प्रयाेग गरि आलु खेती गरिदै आएकाे छ । खुल्ला भन्दा मञ्चिङमा आलु खेती राम्रो भएकाे ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय