कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० गौसला क्षेत्रमा महाकाली नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय ६४ वर्षीय टोपबहादुर थापा मगर माछा मार्ने क्रममा नदीमा डुबेका थिए। घटनापछि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











