काठमाडौं । चर्चित बालकलाकार सचिन परियारको निधन भएको छ आज बिहीबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका निमोनियाका कारणले परियारकाे निधान भएको हो ।
‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा उपचाररत थिए ।
मृतक परियारले थुप्रै चर्चित नेपाली गीतसंगित पनि गाएका छन्, भने उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय पनि गरेका छन् ।
उनका हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।











