युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, पुस १७ गते । बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ । यहाँका किसानले उत्पादन गरेको अर्गानिक कोदो पहिला कतै बिक्री हुँदैनथ्यो । कोदो कतै बिक्री नहुने गरेकोले यहाँका कतिपयले कृषकले आफूलाई खानका लागि मात्र कोदो लगाउने गरेका थिए ।

पछिल्लो समय यहाँका स्थानीय तहले किसानलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएपछि अहिले यहाँ कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँ उत्पादन हुने गरेको कोदोलाई देशका विभिन्न ठाउँमा माग हुन थालेको छ । कतिपय व्यापारीले किसानको घरमै पुगेर कोदो खरिद गर्ने गरेका छन् ।

अहिले जिल्लाका विभिन्न बजारमा समेत बिक्री हुने गरेको छ । कोदोको परिकारलाई अहिले स्थानीय तहले पनि विद्यालय तथा अन्य सरकारी संस्थामा खाजाको रुपमा लिने गरेकोले पछिल्लो समय कोदोको निकै माग बढेको छ ।

जिल्ला विभिन्न ठाउँमा मात्र कोदो बिक्री नभई अहिले बाहिरसमेत कोदो बिक्री भएको छ । गत मङ्सिरदेखि पुस २ गते सम्म झण्डै एक हजार दुई सय क्वीन्टल भन्दाबढी कोदो जिल्ला बाहिर निर्यात भएको बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुरादेखि झण्डै बाह्र सय क्विन्टलभन्दा बढी कोदो जिल्ला बाहिर निर्यात भएको छ भने अझै कोदो गाउँदेखि बजारमा आउने क्रम जारी छ । अहिले एक किलोको २५ देखि ४० रुपियाँमा दिने गरेको छ ।”

माथिलो क्षेत्रमा के कती कोदो बिक्री भएको छ । त्यो मलाई थाहा छैन । तल्लो क्षेत्रका बुढीगङ्गा त्रिवेणी खप्तड छेडेदह गाउँपालिकाका विभिन्न गाउँ बस्तीबाट भने बाह्रसय भन्दाबढी कोदो यहाँदेखि बाहिर गएको जैशीले बताउनुभयो ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, खापर रबुढीनन्दा नगरपालिकामा पनि कोदो राम्रो उत्पादन हुने गर्दछ । यहाँका अधिकाशं ठाउँमा हिउँदको महिना भोकमरी हुने सम्भावना देखिने भएकोले कोदोलाई गाउँमै प्रयोग गर्नै र बाहिर लिन  नदिएको जगनाथ गाउँपालिका कृषि शाखा प्रमुख निवेश कटेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाका अन्य ठाउँदेखि कोदो बाहिरिने भएको भएपनि यतादेखि भने कोदो कतै बिक्री भएको छैन । ” जगनाथ गाउँपालिकामा झण्डै दुइ सय हेक्टर जमिनमा चार सय मेट्रिक टन कोदो उत्पादन हुने गरेको कटेलले बताउनुभयो ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुने गरेको छ । अहिले देश विभिन्न होटलमा अर्गानिक खानाको माग बढेको छ । यहाँ पनि अगार्निक कोदो उत्पादन हुने गरेकोले पछिल्लो समय कोदो खरिद गर्नका लागि जिल्ला बाहिरबाट व्यापारी गाउँमा पुग्ने गरेका छन् ।

यहाँ दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । त्यसमा पाँच हजार दुइ सय पचास हेक्टर जमिनमा कोदो खेती गरिन्छ भने छ हजार तीन समय मे.टन कोदो उप्पादन हुन्छ । यसमा १.२ मेट्रिन उत्पादकत्व रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताउनुभयो । गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय