डाेटी / डाेटीमा बाेलेराे जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । आज (साेमबार ) साँझ करिव साढे ७ बजेकाे समयमम जिल्लाकाे दिपायल सिलगढी नगरपालिका ५ पुन्नामा जिप दुर्घटनामा परी साेही ठाउँ बागठाटा बस्ने करिव ३२ वर्षीय चालक गणेश भण्डारी गम्भीर घाइते भएका छन् ।
सिलगढीबाट दिपायल तर्फ जाँदै गरेको भण्डारीले चलाएकाे ना १ ज ३२९३ नं. को बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईकाअनुसार जिप सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खसेकाे छ ।
घाइते चालकको टाउको, दुबै खुट्टा र शरिरमा चोट लागेकाे र अवस्था सिरियस रहेकाे छ । चालककाे उपचार जिल्ला अस्पताल डोटीमा भैरहेको प्रहरीले जनाएको छ ।











