सिलगढी / डाेटीमा चट्याङ परेर घाइते भएका युवकलाई धनगढी रेफर गरिएकाे छ । शनिबार चट्याङ परेर घाइते भएका जिल्लाकाे जाेरायल गाउँपालिका ३ रावतकट्टेका २३ वर्षीय धिरज बाबु रोकायालाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टेमा सामान्य उपचार पश्चात थप उपचारको लागी धनगढी तर्फ रेेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
उनी सनिवार २ बजेको समयमा साेही ठाउँ ठाँटीगडा स्थित भुपाल खत्रीको घरमा चट्याङ पर्दा घाइते भएका थिए । राेकायाकाे अबस्थामा मध्यम रहेकाे डाेटी प्रहरीकाे भनाइ छ ।
साथै चट्याङबाट भुपाल खत्रीको बिजुलिको मिटर बक्समा क्षेती भएको थियाे ।











