असार ८ डाेटी
डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीमा सर्पले टोकेर एक बालक घाइते भएका छन्।
आज (साेमबार) साँझ करिब ४ बजे पलाडी निवासी खगेन्द्र बोगटीका १५ वर्षीय छोरा निराजन बोगटीलाई घर नजिकैको चौरमा खेल्ने क्रममा बायाँ खुट्टामा सर्पले टोकेको प्रहरीले जनाएको छ।
सर्पदंशबाट घाइते भएका उनलाई साँझ ७:३० बजे उपचारका लागि सुजङ अस्पताल राजपुर, डोटी पुर्याइएको छ। हाल उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।











