युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / घर बाहिर जानु छैन । कामको चटारो छैन । दिनभर घरमै बस्ने त हो । किन चाडै सुत्नु ? मध्यरातसम्म बसे भइहाल्छ । बिहानसम्म सुते भइहाल्छ । अहिले धेरैले गर्नसक्ने तर्क हो यो ।

एक हिसाबले ठिकै लाग्छ, ‘दिउँसो काममा जानु छैन । रातभर जागे के फरक पर्छ ? टिभी हेर्दै, फेसबुक चलाउँदै मध्यरातसम्म बस्न सकिन्छ ।’

तर, जसरी हाम्रो सुत्ने तालिका गडबड हुन्छ, स्वास्थ्य पनि गडबड हुन्छ । यसले हाम्रो नियमित सुत्ने तालिका लथालिंग बनाइदिन्छ । अन्य दिनमा हामी जसरी नियमित सुत्ने र उठ्ने तालिका पालना गथ्र्याैं, त्यो बिग्रिन्छ । र, यसको असर लामो समयसम्म रहिरहन्छ ।

अर्थात अरु बेला हामी ९–१० बजेभित्र सुत्ने गथ्र्यौं । त्यही समयमा झ्याप्प निद्रा लाग्थ्यो । बिहान ५–६ बजे निद्राले छाड्थ्यो । ज्यान चंगा हुन्थ्यो । सबै काम नियमित हुन्थ्यो ।

तर, जब राती सुत्ने तालिका मिल्दैन, दिनचर्या नै बिग्रिन्छ । न खाने समय मिल्छ, न काम गर्ने । यसरी जथाभावी खाने, बस्ने र काम गर्ने शैलीले स्वास्थ्यमा हानी गर्छ ।

के हुन्छ समस्या ?

राती अबेरसम्म बस्ने । बिहानभर सुत्ने बानीले मधुमेहको जोखिम बढाइदिन्छ । टाइप २ मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग लग्ने संभावना अधिक हुन्छ ।

चिकित्सकका अनुसार राती ढिलो सुत्ने व्यक्तिमा गलत खानपानको बानी बस्छ । त्यसले मोटोपन र मुटु रोगको समेत समस्या निम्त्याउँछ ।

ग्लुकोजको स्तर गडबडी

सामान्यतया, शरीरमा ग्लूकोज राती न्युन स्तरमा रहने गर्छ । तर, ढिला गरी सुत्ने व्यक्तिहरु राती खानेकुरा, मदिरा, चिया, कफीको तलतल लाग्छ । केही न केही खान्छन् । यसरी खानाको कारण रगतमा ग्लुकोजको स्तर बढ्न पुग्छ । यसले टाइप २ मधुमेह हुने जोखिम बढ्छ ।

खानपानमा गडबडी

राती अबेरसम्म बस्ने । बिहान ढिलो उठ्ने । यसले खानपान शैली नराम्ररी प्रभावित हुन्छ । कतिबेला खाने भन्ने टुंगो हुँदैन । यसरी शरीरको आवश्यक्ता अनुरुप खानपान तालिका मिल्दैन । यसले शारीरिक कमजोरी र रोग निम्त्याउँछ ।

हर्मोनमा गडबडी

विहान अवेरसम्म सुत्नुको असर दिमाग तथा हर्मोनमा समेत पर्ने गर्छ । यसले चिन्ता र दुःखको भाव गराउँछ । यस्तै उनीहरुमा छटपटी र बेचैनी समेत पैदा हुन्छ ।

किन यस्तो हुन्छ ?

यसको कारण के हो भने मानव शरीरमा एउटा चक्र हुन्छ, जुन २४ घण्टाको एक च्रकमा चल्छ । यही जैविक घडीले शरीरका कार्य सम्पादनलाई नियमित र नियन्त्रित राख्छ ।

कतिसम्म भने मानिसलाई कुन बेला खाने र कुन बेला सुत्नेसम्मको जानकारी पनि जैविक घडी अनुरुप नै हुन्छ । राती अबेर सुत्ने बानीले जैविक घडी अनुरुप शरीरको कार्य सम्पादन हुँदैन । त्यसले शरीरमा खराब असर पर्छ ।ऐजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय