युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा माैरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै गएका छन् । गाउँघरमा परम्परागत रूपमा माैरीपान हुँदै आएकाे भएपनि केहि वर्ष पहिले लाेभ हुने संकेत देखिएकाे थियाे । तर अहिले भने जिल्लाका कतिपय क्षेत्रमा किसानहरू परम्परागत माैरीपालनमा फर्किएर माैरीपालन प्रवर्द्धनमा जाेड दिइरहेका छन् ।

जिल्लाकाे बडीकेदार गाउँपालिका ५ लाना रन्ताेलाका बिरबहादुर पाल करिव ४ वर्षदेखि परम्परागत तरिकाले माैरीपालन गर्दै आइरहनुभएकाे छ । उहाँसँग अहिले २० घार माैरी छ । पाल अहिले वार्षिक १ सय किलाे मह उत्पादन गर्दै आइरहनु भएकाे छ । वर्तमान समयमा गाउँघरमा मह प्रतिकेजी १ हजारकाे दरले बिक्रीवितरण हुने गरेकाे उहाँको भनाइ छ ।

उहाँका अनुसार माैरीका लागि अनुकुल माैसम नहुँदा माैरीमा विभिन्न किसिमका राेगहरू देखा पर्ने गरेका छन् । उहाँलाई माैरीमा लाग्ने जाले र प्वाँख काटिने राेगले सताएकाे छ । त्यस्तै हिउँमा खडेरीका कारण माैरी मर्ने गरेकाे उहाँको भनाइ । उहाँलाई माैरी बचाउन पनि त्यतिकै कठिनाइ छ । मलपासाे र अरिङ्गालले माैरीकाे घारमा क्षति पुर्‍याउने गरेकाे छ ।

त्यस्तै जाेरायल गाउँपालिका ३ थलीका लिल खड्का पनि ४ वर्षदेखि माैरीपालन गर्दै आएका छन् । उहाँसँग अहिले १० घार माैरी छ । १० घारमा उनकाे केहि नभएपनि करिव २० केजी मह उत्पादन हुन्छ । उहाँको अब आधुनिक तरिकाले माैरीपालन गर्ने सपना पनि छ ।

जाेरायल गाउँपालिका ३ सेगुनिका का ६० वर्षीय डम्बर मल्ल ५ वर्षदेखि माैरीपालन गर्दै आएका आइरहनुभएकाे छ। उहाँ अहिले मह परम्परागत तरिकाले उत्पादन गर्दै हुनुहुन्छ । उहाँलाई अहिले मह बजारीकरण समेत समस्या छैन् । उहाँकाे मह गाउँमै बिक्री हुने गरेकाे छ । अरू समय भन्दा असाेज कार्तिककाे मह बढि उपयोगी हुने गरेकाे उहाँकाे भनाई छ ।

माैरीपालन अन्य पालन तथा खेति भन्दा सहज हुने गरेकाे किसान बताउछन् । किसान जिल्लामा अहिले प्रतिकेजी ८ सयदेखि १ हजारकाे दरले किसान मह बिक्री गर्दै आएका छन् ।

ज्ञान केन्द्र र गैरसरकारी संस्था मिलेर अनुदानबाट माैरीपालक र घार वृद्धि गर्दै आएकाे कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीकाे भनाइ छ । उहाँकाअनुसार अहिले जिल्ला मह बजारीकरणमा समस्या छैन् । आगामी दिनहरूमा माैरीपालकलाई तालिम र अनुदानको वृद्धि गर्ने अवस्थीले बताएका छन् । उहाँले थप्नुभयाे,” आधुनिक घारमा स्थानीय माैरी नहुने रहेछ, माैरी मर्ने रहेछ, अब पुरानै काठेघारलाई सुधार गरेर माैरीपानलाई जाेड दिन्छौं ।”

साथै अहिलेकाे विषादीकाे प्रयोगले गर्दा माैरीमा ठूलाे असर पर्ने गरेकाे निमित्त प्रमुख अवस्थीले बताएका छन् । त्यसैमाथि माैरीकाे लागि पछिल्लो समयमा चरनकाे अभाव देखिएकाे उहाँको भनाइ छ ।

अवस्थीकाअनुसार माैरी महकाे लागि वरदान मात्रै नभएर खेतीपातीका लागि समेत वरदान छ । माैरीले गर्दा बालिनालीलाई समेत अचुक लाभ पुग्ने गर्छ । माैरीले बालिनालीमा परागसेसन बढाइ उत्पादनमा वृद्धि गर्छ । त्यसैमाथि फलफूल खेतिका लागि समेत माैरी पालन आवश्यक छ ।

मह बिक्रीवितरण गर्न बट्टा
डाेटेली महकाे बिक्रीवितरण र प्रचारप्रसारकाे लागि माैरी पालकलाई कृषि ज्ञान केन्द्र डाेटीले “डाेटेली मह” नाम बट्टा समेत उपलब्ध गराएकाे छ । जसले गर्दा किसानलाई डाेटेली मह भनिराख्नु परेकाे छैन् र एकपटक खरिद गरेका व्यापारीहरूले पुनः महकाे माग गरेकाे किसानले बताएका छन् ।

पछिल्लो ३ वर्षमा डाेटीमा मह उत्पादन ह्वात्तै बढ्याे

डाेटीमा पछिल्लो तीन वर्षयता मह उत्पादन ह्वात्तै बढेकाे छ । कृषि ज्ञान केन्द्र डाेटीले दिएकाे तथ्यांकअनुसार जिल्लामा वर्षेनी मह उत्पादन ह्वात्तै वृद्धि भएकाे पाइएको हाे ।

आर्थिक वर्ष २०७८/०७९ मा ८ सय घारमा ५ हजार ५ सय केजी मह उत्पादन भएकाे छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ६ सय घारमा १८ हजार केजी मह उत्पादन भएकाे प्राप्त तथ्यांकमा उल्लेख छ ।

यसैगरी गत आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ६ सय ८० घारमा २१ हजार ३ सय ४४ केजी मह उत्पादन भएकाे कृषि ज्ञान केन्द्र डाेटीकाे आकडामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय