काठमाडौँ / किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले हात पारेकाे छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले१८४ रन बनाएर जनकपुरलाई १८५ रनको लक्ष्य दिएर पनि हार बेहोर्नु परेकाे छ । आफ्नाे लक्ष्य जनकपुरले ५ विकेट गुमाएर १९ ओभरमा पूरा गरेकाे छ । यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो।
उपाधि विजेता टोलीले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्नेछ। प्रतियोगितामा तेस्रो भएको टोली कर्णाली याक्सले पनि २५ लाख प्राप्त गर्नेछ। चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।
क्यानको आयोजनामा मंसिर १५ गतेदेखि सञ्चालन भएको एनपिएल पहिलो संस्करणमा विभिन्न आठ टोली सहभागी थिए ।











