सिलगढी / बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भुकम्प मापन केन्द्रकाअनुसार जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हाे ।
भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनी प्रदेशका केही जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको जनाएको छ ।











